म्याग्दीका डेढ महिने कोरोना संक्रमित शिशुको मृत्यु
समाधान संवाददाता
२०७७ असार १८ गते १३:२६
समाधान संवाददाता
म्याग्दीका कोरोना संक्रमित डेढ महिने एक शिशुको मृत्यु भएको छ । घाँटीको शल्यक्रिया गरिएका ती बालको कोरोना परिक्षण नतिजा पोजिटिभ आएको हो ।
नवजात शिशुको घाटीमा समस्या भएको भन्दै काठमाण्डौं स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रिया अघि शिशुको कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको थियो । उनको सोमबार शल्यक्रिया गरिएको थियो ।
उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालले पुष्टी गरेको छ । उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना संकलन गरी पठाइएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया