ओलीले प्रचण्डलाई भने–म एमाले बनाउछु, तपाई जे गर्ने हो गर्नुस !

समाधान संवाददाता २०७७ असार १८ गते १५:३२

समाधान संवाददाता

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको निर्णायक भनिएको वार्ता निकै छोटाे भएको छ ।

उनीहरुबीच छाटो वार्ता सकिएपछि अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । स्थायी कमिटी बैठकमा सहभागी नभइ संसदको अन्त गरेर के गर्न खोजेको हो भन्दै प्रचण्डले ओलीलाई प्रश्न गरेको श्रोतको दाबी छ ।

Advertisement

जवाफमा प्रधानमन्त्री ओलीले ‘म नेकपा एमाले ब्युताउँछु, तपाईंहरु जे गर्ने हो गर्नुस’ भन्ने जवाफ दिएपछि ओली प्रचण्डको वार्ता टुंगिएकाे स्राेतको दाबी छ ।

यस्तो कुरा गरेर प्रधानमन्त्री ओलीले दल विभाजन सम्बन्धी अध्यादेश फेरि ल्याउन थालेको संकेत गरेपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास गएको श्रोतले दाबी गर्‍याे । प्रचण्डले व्यक्तिको हितभन्दा देशको हित हेर्न राष्ट्रपतिलाई आग्रह गर्छु भन्दै शीतल निवास गएको श्रोतले बतायो ।

Advertisement

तपाईको प्रतिक्रिया