टिपर दुर्घटनामा २ घाइते

समाधान संवाददाता २०७७ असार १८ गते १९:०३

समाधान संवाददाता
जोमसोम

Advertisement


मुस्ताङको थासाङ गाउपालिका—३ मिसीमा बिहीबार टिपर दुर्घटना भएको छ । दिउँसो ४ बजेतिर समयमा थासाङ—३ लेते खोलाबाट गिटी लिएर थासाङ—४ घासातर्फ जाँदै गर्दा बा४ख ५१३६ नम्बरको टिपर बेनी—जोमसोम सडक खण्डबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार गिटी बोकेको टिपर बेनी—जोमसोम मुख्य सडकबाट जंगल तल खस्दा टिपरका चालक तथा सहचालक गम्भीर घाइते भएका छन् ।

Advertisement

टिपरका चालक धादिङ जिल्ला थार्के गाउपालिका—४ बस्ने वर्ष २३ का सुजल तामाङ र टिपरका सोही ठेगाना भएका सहचालक वर्ष १९ का समिर तामाङ गम्भीर घाइते भएको उनले बताए ।

घटनापछि जिल्लाबाट प्रहरी नायव उपरीक्षकको कमान्डमा ७ जनाको टोली, इलाका प्रहरी कार्यालयबाट ४ जनाको टोली र प्रहरी चौकी घासाबाट २ जनाको टोली गरी १४ जनाको प्रहरी टोली घटनास्थल पुगी उद्दार गरिएको छ । उनीहरुलाई अहिले लेते प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ । उनीहरुको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि पोखरा पठाउन लागिएको छ ।

Advertisement

दुर्घटनाका चालक सुजल तामाङको टाउकोमा गहिरो चोट लागेको छ भने सहचालक समिर तामाङको अनुहार र टाउकोमा चोट लागेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया