प्रधानमन्त्रीलाई मुस्ताङबाट ज्ञापन पत्र पठाइयो

समाधान संवाददाता २०७७ असार १८ गते २१:०५

एसके थकाली, जोमसोम

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन मुस्ताङले बिहीबार जिल्ला प्रशासन कार्यालय मुस्ताङमा ज्ञापनपत्र बुझाएका छन् । संघीय निजामती सेवा गठन, सञ्चालन र त्यसको सेवा शर्त सम्बन्धी बनेको प्रस्तावित विधेयकको मस्यौदा संशोधन माग राख्दै युनियनले ज्ञापनपत्र बुझाएको हो ।

ट्रेड युनियन मुस्ताङका कार्यवाहक अध्यक्ष पुष्पराज आचार्यले प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्याललाई १७ बँुदे ज्ञापनपत्र बुझाइएको जानकारी दिए । प्रस्तावित निजामती विधेयकको बिषयमा आपत्ती जनाउँदै देशभरका निजामती ट्रेड युनियनका कर्मचारी यतिबेला आन्दोलित छन् ।

Advertisement

प्रधानमन्त्री कार्यालयको नाममा लेखिएको ज्ञापनमा पत्रमा देशभरका निजामती कर्मचारीहरुको हकहित, अधिकार र सेवासुविधा कटौती गरिएको भन्दै कर्मचारी आन्दोलित भएको युनियनका कार्यवाहक अध्यक्ष आचार्यले बताए । उनले राज्य व्यवस्था तथा सुशासन समितिमा पारित भएको विधेयकलाई सच्याएर अघि बढ्न समेत आग्रह गरे ।

प्रधानमन्त्री कार्यालयलाई लेखिएको ज्ञापनपत्रमा निजामती कर्मचारीसँग सम्बन्धित विषय आधिकारिक टे«ड युनियनसँग आवश्यक छलफल तथा परामर्श नगरी कर्मचारी हतोत्साही हुने विधेयक ल्याएको आरोप लगाईएको छ ।

Advertisement

युनियनले विज्ञप्तिमा २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा तत्कालिन ७ राजनीतिक दलद्धारा कर्मचारीको ट्रेड युनियन अधिकार स्थापित गर्न प्रतिबद्धता भएको र युनियननै ध्वस्त हुने गरी राज्य व्यवस्थाबाट विधेयक पारित गरिएको बताएको छ ।

साथै निजामती ऐन २०४९ मा भएको सेवा शर्त र सुविधा तथा ट्रेड युनियनका अधिकारका सम्बन्धमा कुनै कटौती नहुने जनाए पनि सो अनुसार नभएकाले यसले कर्मचारीको हकअधिकार र स्वाभिमानमा चोट पुगेको विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया