ओली र प्रचण्डबीच वार्ता सुरु, पौडेल र शर्मा पनि सहभागी
![](https://www.samadhannews.com/wp-content/uploads/2020/07/oli-and-prachanda.jpg)
समाधान संवाददाता
काठमाडौँ – विभाजनको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा वार्ता जारी छ ।
अध्यक्षद्वयको बैठकमा विष्णु पौडेल र जनार्दन शर्मा शर्मा सहभागी छन् । शर्मा र पौडेल केपी ओली र प्रचण्डबीच पार्टी एकता गर्दाका साक्षी र हस्ताक्षरकर्ता समेत हुन् । उनीहरुबीच सम्झौता हुँदा सरकारको नेतृत्व आधाआधा समय गर्ने सहमती भएको थियो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहीबारको पार्टी स्थायी कमिटी बैठकमा सहभागी नभएर संसदको बजेट अधिवेशन एकाएक अन्त्य गरेपछि पार्टी विभाजन हुने स्थितिमा पुगेको थियो । यसै स्थितिलाई मध्यनजर राख्दै अर्का अध्यक्ष दाहालले बिहीबारको स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित गरी शुक्रबार छलफल गर्ने समय राखेका थिए ।
यसैबीच शुक्रबार विहान ओली, प्रचण्ड र माधवकुमार नेपाल पक्षधर दोश्रो पुष्ताका ११ जना नेताले पार्टी विभाजन हुनबाट रोक्ने निर्णय गरेपछि तिनै शिर्ष जना अप्ठेरोमा परेका छन् । वैठकमा ओली पक्षबाट प्रदिप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सहभागी थिए । त्यस्तै नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र योगेश भट्टराई सहभागी थिए भने नेपाल पक्षबाट टोपबहादुर रायमाझी, वर्षामान पुन, शक्तिबहादुर बस्नेत लगायत थिए ।
छलफल गर्नका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।
तपाईको प्रतिक्रिया