एग्बोसाले दियो स्वास्थ्य सामग्री
समाधान संवाददाता
२०७७ असार १९ गते १६:०६

पोखरा, १९ असार
गण्डकी आवासीय विद्यालय भूतपूर्व विद्यार्थी संगठन एग्बोसाले पहिलो घेरामा खट्ने स्वास्थ्यकर्मीलाई लक्ष्य गरी आवश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ ।
संस्थाले पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानलाई निर्देशक डा. अर्जुन आचार्यलाई २०० थान एन ९५ मास्क, ५० थान फेस सिल्ड, २ थान पेडल सेनिटाइजर हस्तान्तरण गरेको छ ।
मातृशिशु मितेरी अस्पतालमा मेसु डा प्रतिभा गौलीमार्फत १ सय थान एन९५ मास्क, १३ थान फेससिल्ड र एउटा पेडल सेनिटाइजर डिस्पेन्सर हस्तान्तरण भएको छ । बुधबार एग्बोसाले ती सामग्री हस्तान्तरण गरेको थियो ।
पर्वतको जिल्ला अस्पताल, बागलुङस्थित धौलागिरी अस्पताल, स्याङ्जा जिल्ला अस्पताल र कालिका सामुदायिक अस्पतालमा पनि एग्बोसाले स्वास्थ्य सामग्री २/२ सय थान मास्क हस्तान्तरण गरेको अध्यक्ष कमलबहादुर श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित









६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ महोत्सव आजसम्म
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया