थासाङ गाउँपालिकामा वैकल्पिक कक्षा
एसके थकाली, जोमसोम
हिमालपारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाले विद्यालयमै वैकल्पिक कक्षा संञ्चालन गरेको छ । लकडाउनले लामो समयदेखि विद्यालय जान बञ्चित बालबालिकाको पढाई सम्बन्ध जोड्न वैकल्पिक कक्षा सञ्चालनमा जोड दिएको बताइएको छ
सरकारले गत असार १ गते देखि रेडियो, टेलिभिजन तथा अनलाइन कक्षाको माध्यमबाट दुरशिक्षा पढाई संञ्चालन गर्ने निर्देशन गरेपनि थासाङ गाउँपालिकाले शिक्षक र विद्यार्थीको विद्यालय संम्वन्ध जोड्ने उद्देश्यले वैकल्पिक कक्षा सञ्चालन गरेको जनाएको छ ।
सरकारले जेठ २८ गते वैकल्पिक प्रणालीको माध्यमबाट विद्यार्थीको सिकाई अभिवृद्धि गर्ने शिक्षा निर्देशिका जारी गरेको हो । विश्व व्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस (कोभिड—१९)ले सिर्जित लकडाउनका कारण देशभरका शैक्षिक संस्थाको पठन÷पाठन लामो समयदेखि बन्द अवस्थामा छन् ।
तर, सरकारले जुन उद्देश्यले वैकल्पिक कक्षा संञ्चालनको नीति लियो सो अनुसार त्यसको व्यवहारिक जटिलताले विद्यार्थीहरुको पठन÷पाठन प्रभावित बनेको पाइएको छ ।
विद्यार्थीहरुको घरमा रेडियो, टेलिभिजन र इन्टरनेट लगायतको पहुँचको समस्या देखिएको र विद्यार्थी पनि श्रव्यदृष्य पठन÷पाठनतर्फ आकर्षित नदेखिएकाले विद्यालयमै सरकारी श्रव्यदृष्य कक्षा पढाई र त्यसको सहजीकरण गर्ने व्यवस्था मिलाइएको थासाङ गाउपालिकाका शिक्षा संयोजक टेकनाथ पौडेलले जानकारी दिए ।
मुस्ताङको थासाङ गाउपालिकाका कुल ३ वटा मावि सहित १३ सामुदायिक विद्यालय छन् । जिल्ला बाहिरका करिव ६० प्रतिशत विद्यार्थी छन् भने जिल्ला भित्रका ४० प्रतिशत वालवालिका थासाङमा अध्ययनरत छन् ।
यस्तै, त्यहाँ शिक्षक समेत ७० प्रतिशत भन्दा बढी जिल्ला बाहिरकै छन् । कोरोना कहर लकडाउनका कारण शैक्षिक संस्था बन्द भएपछि जिल्ला बाहिरका शिक्षक र विद्यार्थी घर फर्किसकेको अवस्था छ ।
गाउँपालिकाले सरकारले उपलब्ध गराएको टेलिभिजन शिक्षाको सहयोगमा विद्यालय हातामै श्रव्यदृष्य पठन÷पाठन अघि बढाएको शिक्षा संयोजक पौडेल बताए ।
उनले यसप्रकारको शिक्षा पूर्ण नभएको र सबै विद्यार्थीको पहुँचमा पुग्न नसकेपनि स्थानीय बालबालिकाको पढाई क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गरे । श्रव्य दृष्यको माध्यममा मुस्ताङमा भएका स्थानीय शिक्षकको सहयोगमा विद्यार्थीले नबुझेका र नजानेको बिषयको सहजीकरण गर्न सहयोग पुग्ने उनको दाबी छ ।
यस्तै, स्थानीय शिक्षक नभएका विद्यालयमा स्थानीय युवालाई स्वंय सेवकको रुपमा सहजीकरण गर्न खटाईएको थासाङ गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष केसीले जानकारी दिए ।
उनले कोरोना कहरको बेला अहिलेको वैकल्पिक शिक्षाले विद्यार्थी र विद्यालयको अन्तर सम्बन्ध जोड्ने तथा बालबालिकाको पठन÷पाठन विकासलाई आकर्षित गर्ने जनाए ।
मुस्ताङमा नया शैक्षिक सत्रको पढाई फागुनमा सुरु हुने गर्छ । विगत ५ महिना अघि देखि विद्यालय जान बन्चित वालवालिका नियमित पठन÷पाठन गर्ने अधिकारबाट वञ्चित रहँदै आइरहेका छन् ।
विद्यालयमै श्रव्यदृष्य शिक्षा तथा त्यसको सहजीकरणका लागि र अन्य आवश्यक पूर्वाधार सञ्चय गर्न गाउँपालिकाले ३ लाख बजेट विनियोजन गरेको प्रशासकीय अधिकृत केशीले जानकारी दिए ।
सरकारी रेडियो र टेलिभिजन शिक्षा तालिका अनुसार पढाई संञ्चालन भईरहेको उनको भनाई छ ।
थासाङ गाउपालिकाले वैकिल्पिक कक्षा संञ्चालनका लागि विद्यालयक्षेत्रमा डिसइन्फेक्सन गर्ने, पर्याप्त स्वास्थ्य तथा सुरक्षा सामग्री उपलब्ध गराउने व्यवस्था गरेको छ ।
यस्तै, पालिका भित्रका स्वास्थ्य र सुरक्षा निकाय लगायतसँग आवश्यक समन्वय गरेको जनाएको छ । कक्षा सञ्चालनका लागि सामाजिक दुरी कायम गर्ने, कोरोना रोकथामका लागि स्वास्थ्य सामग्रीको पहुँच बढाउने, शैक्षिक संस्थामा अपरिचित र नयाँ व्यक्तिलाई प्रवेश नगराउने र अधिकतम स्वास्थ्य सुरक्षा रणनीति अपनाउँदै आशिंक पठन÷पाठनलाई जोड दिएको पालिकाले जनाएको छ ।
तपाईको प्रतिक्रिया