ओली र प्रचण्डबीच भएकाे ३ घन्टा लामाे वार्ता निश्कर्षविहीन
समाधान संवाददाता, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार भएको झन्डै तीन घन्टा लामो वार्ता बिना निश्कर्ष टुगिंएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १२ पछि सुरू भएको भेटवार्ता दिउँसो तीन बजेसम्म चलेको थियो।
प्रधानमन्त्री ओलीसँगको वार्ता सकेर प्रचण्ड खुमलटार निवासमा फर्किएको उनका प्रेस सहयोगी बिष्णु सापकोटा ‘जुगल’ जानकारी दिए।
ओली(प्रचण्ड वार्तामा नेकपा महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए।
बालुवाटार स्रोतका अुनसार दुई अध्यक्षबीच खुलस्त छलफल भएको बताएको छ। शनिबार बिहान स्थायी कमिटी बैठक अगावै पुनः बस्नेगरी शुक्रबारको बैठक टुगिंएको स्रोतले बतायो ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेपछि भारतले आफूलाई हटाउन लागेको बताएका थिए।
जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए।
जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको छ। अहिलेसम्म बोलेका अधिकाशं सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन्।
शुक्रबार बिहान नेकपाका दोस्रो पुस्ताका नेताहरूसँगै बसेर पार्टी एकतालाई जोगाउनु पर्ने र दुई पार्टी एक हुँदाको सहमतिलाई आधार मानेर अघि बढ्नु पर्नेमा छलफल गरेका थिए।
कृषि मन्त्री घनश्याम भुसालको निवासमा भएको छलफलमा प्रधानमन्त्री ओली र प्रचण्ड(नेपाल पक्षमा नेताहरू सहभागी थिए।
२०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा हुनुअघि पाँच बुँदे सहमति भएको थियो। उक्त सहमतिको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख थियो।
उक्त सहमतिको साक्षीका रूपमा प्रधानमन्त्री ओलीका तर्फबाट पौडेल र प्रचण्डका तर्फबाट शर्माले हस्ताक्षर गरेका थिए।
तपाईको प्रतिक्रिया