लेखनाथ सामुदायिक अस्पताललाई ७० लाख अनुदान दिने गण्डकी सरकारको निर्णय

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेश सरकारले प्रदेश मातहत ल्याउन लागेको पोखरा ३० शिशुवास्थित लेखनाथ सामुदायिक लायन्स अस्पताललाई एकमुष्ठ ७० लाख ३४ हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले अस्पालको भौतिक पूर्वाधार तयार गर्न, उपकरण थप गर्न, जनशक्ति थप गर्न उक्त रकम दिन लागिएको जानकारी दिए ।
प्रदेश सरकारले उक्त अस्पताललाई सरुवा रोग अस्पतालको रुपमा विकास गर्ने उद्देश्यका साथ स्वामित्व मातहत ल्याउने प्रक्रियामा छ ।
तत्काललाई कोरोनाको समस्यासँग जुध्नका लागि विभिन्न तयारी आवश्यक पर्ने भएकाले रकम दिन लागेको मन्त्री बस्नेतले जानकारी दिए ।
शुक्रबार बिहान बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले योसहित ४ निर्णयहरु गरेको छ । प्रदेश प्रशिक्षण प्रतिष्ठान, लोकसेवा आयोगको अस्थायी दरबन्दी स्वीकृत लगायत मन्त्री बस्नेतले बताए ।
शुक्रबारको बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठानमा ६ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको हो । लोकसेवा आयोगको समेत दरबन्दी स्वीकृत भएको मन्त्री बस्नेतले बताए ।
‘दरबन्दी स्वीकृत गरिरहँदा मौजुदा कर्मचारीबाटै चलाउने भएका छौं,’ उनले भने, ‘सहयोगीहरु र सवारी चालक बाहेकमा आन्तरिक रुपमै व्यवस्था गर्ने, नयाँ कर्मचारी नराख्ने गरी स्वीकृत गरेका छौं ।’
बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि संशोधन गरेको छ । कार्यविधिको उपनियम १२ मा स्थानीय तह उल्लेख भएकोमा उक्त शब्द हटाइएको मन्त्री बस्नेतले जानकारी दिए ।
‘कार्यक्रम अन्तर्गत योजना विनियोजन गरिरहँदा स्थानीय तहको जुन क्षेत्रमा योजना परेको थियो । त्यसलाई संसोधन गर्नका लागि त्यही स्थानीय तहमा भन्ने थियो त्यसलाई हटाएका छौं,’ उनले भने, ‘निर्वाचन क्षेत्रभरीका जुनसुकै स्थानीय तहमा बजेट विनियोजन गर्न सकिने गरी उपनियम १२ को (क) व्यवस्था गरेका छौं ।’








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया