पछिल्लो २४ घन्टामा देशभर थपिए ७४० कोरोना संक्रमित

समाधान संवाददाता २०७७ असार १९ गते १९:४०

समाधान संवाददाता, पोखरा

Advertisement

पछिल्लो २४ घन्टामा देशभर कोरोनाका ७ सय ४० जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबार थप ७४० जनामा संक्रमण पुष्टि भएको हो। एकै दिनमा संक्रमित हुनेको संख्या यो हालसम्मकै उच्च हो।

Advertisement

योसँगै देशरभ संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ।

विगत २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका छन् । हालसम्म निको हुनेको कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ।

Advertisement

कोरोनाबाट ३२ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार पछिल्लो समय काठमाडौं नयाँ बानेश्वर बस्दै आएका एक ८५ वर्षीय वृद्धको असार १७ गते मृत्यु भएकोमा उनको पिसिआर परीक्षण गर्दा पोजेटिभ नतिजा आएको हो।

तपाईको प्रतिक्रिया