लायन्स पिस हिमालयन सिटीको वृक्षरोपण
पोखरा
लायन्स क्लब पोखरा पिस हिमालयन सिटीले पोखरा महानगरपालिका वडा नं १७ घारीपाटनस्थित खुला जमीनमा वृक्षरोपण गरेको छ ।
क्लबको वार्षिक कार्यक्रम अन्तर्गत वातावरणीय संरक्षणमा योगदान पुर्याउने उद्देश्यले वृक्षरोपण गरेर कार्यक्रम लायन वर्ष थालनी गरिएको क्लब अध्यक्ष टंकप्रसाद खनालले बताए ।
अध्यक्ष खनालले आगामी एक वर्षको आफ्नो कार्यकालमा क्लबले गर्ने कार्यक्रम सुनाएका थिए ।
क्लबले धूपिसल्लो, चाँप, सिसौ, कटुस, पीपल, आप, लप्सी, कपुर, रुद्राक्ष, तेजपत्ता लगायत विभिन्न जातका बिरुवा रोपेको छ ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ बी वान नेपालका सिनियर एओजी डा.टेकनारायण पौडेलेले म सेवा गर्छु भन्ने सामाजिक सेवाको भावले स्थापित लायन्स क्लब पिस हिमालयन सिटीले सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेकोमा खुसी व्यक्त गर्दै निरन्तर रुपमा सामाजिक सेवामा क्रियाशील रहन क्लबलाई आग्रह गरे ।
कार्यक्रममा जोन चियर पर्सन गोविन्द काफ्ले क्लबका निवर्तमान अध्यक्ष बुद्धिमान शर्मा, पूर्वअध्यक्षहरु भोजराज बराल, क्लबका कोषाध्यक्ष केशव ढकाल, वृक्षरोपण कार्यक्रमका संयोजक राजन खनाल लगायतले रोपिएका बिरुवाको निरन्तर संरक्षणमा समेत क्लबले ध्यान दिनु पर्ने बताए ।
तपाईको प्रतिक्रिया