हत्या आरोपित २ जना जेल चलान

समाधान संवादादता
स्याङ्जा
साथीको हत्याको आरोप लागेका २ जनालाई जिल्ला अदालत स्याङ्जाले पूर्पक्षका लागि थुनामा पठाएको छ ।
गल्याङ नगरपालिका ४ का ३२ वर्षीय पदमप्रसाद पाण्डेयको हत्याको आरोप लागेका स्थानीय ३९ वर्षीय चन्द्रकान्त न्यौपाने र नामदेउ न्यौपानेलाई शुक्रबार पूर्पक्षका लागि जेलचलान गरिएको हो ।
गत जेठ २१ गते साथीसँगै मिलेर खसी काटेर खाने गरी पिकनिक गएका पाण्डेय जेठ २२ गते मृत अवस्थामा फेला परेका थिए । घटना लगत्तै वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी निरीक्षक निरन्जन घिमिरे नेतृत्वको टोली अनुसन्धानका लागि जेठ २४ गते उनीहरुलाई पक्राउ गरेको थियो ।
मृतक पाण्डेकी श्रीमतीले घटना रहस्मय रहेको र हत्या नै भएको भन्दै किटानी जाहेरी समेत दिएकी थिइन् । गल्याङ सेतिवेणी ग्रामीण कच्ची सडक अन्तरगत पर्ने गल्याङ नगरपालिका वडा नम्वर ५ सपौदेको भीरमा पाण्डे मृत अवस्थामा फेला परेका थिए ।
अनुसन्धानका क्रममा उनीहरु बीचमा झगडा भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनले अनुसान्धानका क्रममा पाण्डेले लिएको मोबाइल नामदेवको घरमा भेटिनुका साथै घटना सम्बन्धी सबुत प्रमाण फेला पारेपछि मुद्दा दायर गरेको बताए ।





इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया