हत्या आरोपित २ जना जेल चलान

समाधान संवाददाता २०७७ असार १९ गते २१:५९

समाधान संवादादता
स्याङ्जा


Advertisement

साथीको हत्याको आरोप लागेका २ जनालाई जिल्ला अदालत स्याङ्जाले पूर्पक्षका लागि थुनामा पठाएको छ ।

गल्याङ नगरपालिका ४ का ३२ वर्षीय पदमप्रसाद पाण्डेयको हत्याको आरोप लागेका स्थानीय ३९ वर्षीय चन्द्रकान्त न्यौपाने र नामदेउ न्यौपानेलाई शुक्रबार पूर्पक्षका लागि जेलचलान गरिएको हो ।

Advertisement

गत जेठ २१ गते साथीसँगै मिलेर खसी काटेर खाने गरी पिकनिक गएका पाण्डेय जेठ २२ गते मृत अवस्थामा फेला परेका थिए । घटना लगत्तै वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी निरीक्षक निरन्जन घिमिरे नेतृत्वको टोली अनुसन्धानका लागि जेठ २४ गते उनीहरुलाई पक्राउ गरेको थियो ।

मृतक पाण्डेकी श्रीमतीले घटना रहस्मय रहेको र हत्या नै भएको भन्दै किटानी जाहेरी समेत दिएकी थिइन् । गल्याङ सेतिवेणी ग्रामीण कच्ची सडक अन्तरगत पर्ने गल्याङ नगरपालिका वडा नम्वर ५ सपौदेको भीरमा पाण्डे मृत अवस्थामा फेला परेका थिए ।

Advertisement

अनुसन्धानका क्रममा उनीहरु बीचमा झगडा भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनले अनुसान्धानका क्रममा पाण्डेले लिएको मोबाइल नामदेवको घरमा भेटिनुका साथै घटना सम्बन्धी सबुत प्रमाण फेला पारेपछि मुद्दा दायर गरेको बताए ।

तपाईको प्रतिक्रिया