सडक बालबालिकालाई लायन्स तालवाराहीको सहयोग
पोखरा
लायन्स क्लब अफ पोखरा तालवाराहीले बाल हितकारी परियोजनामा रहेका २१ जना सडक बालबालिकाका लागि शैक्षिक तथा खेदकुद सामग्री प्रदान गरेको छ ।
लायन वर्ष सुरु भएको अवसर पारेर क्लबले ती सामग्री वितरण गरेको लायन वर्ष २०२०/२१ का अध्यक्ष नारायणप्रसाद पौेडेलले बताए ।
ज्योति संरक्षण तथा विकास कार्यक्रम संयोजक निमा गुरुङलाई बालबालिकाको उपस्थितिमा ती सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा डिपार्टमेन्ट अफिसर दीपेन्द्र राई, कमिटी चियरपर्सन वासु जिसी, जोन चियरपर्सन भीष्मराज पौडेल, पूर्व अध्यक्ष विजयकुमार प्रधान, प्रथम उपाध्यक्ष शिव तिमिल्सिना लगायत सहभागी थिए ।
क्लबले त्यससअघि माइन्यट हस्तान्तरण कार्यक्रम गरेको छ । उक्त अवसरमा वर्ष २०१९ /२० का अध्यक्ष नारायण पहारीले वर्ष २०२०/२१ का अध्यक्ष नारायणप्रसाद पौडेललाई हस्तान्तरण गरे ।
डिस्ट्रिक्ट एडभाइजर कल्पना श्रेष्ठ सहभागी कार्यक्रममा क्लस्टर प्रमुख ऋषि गिरी, रिजन चियरपर्सन तीलक तिवारी, डिपार्टमेन्ट अफिसर सुदीप पौडेल, दीपेन्द्र राई क्लबका चाटर्ड प्रेसिडेन्ट भीष्मराज पौडेल लगायत सहभागी थिए ।
पदभार ग्रहणपछि अध्यक्ष पौडेलले वर्षभरी सम्पादन गर्ने कार्यक्रमको सूची प्रस्तुत गरेका थिए । लायनवादलाई पछ्याउँदै जहाँ आवश्यकता त्यहाँ पुगेर सहयोग गर्न क्लब प्रतिबद्ध रहेको उनले बताए । क्लबलाई अझै उचाइमा पु¥याएर सेवामा निरन्तर समर्पित गरिरहने प्रतिबद्धता उनले जनाएका छन् ।
उक्त अवसरमा क्लबमा ६ जना नयाँ सदस्यलाई स्वागत समेत गरिएको छ । लायन्समा प्रवेश गर्नुअघिका सबै प्रक्रिया पूरा गरेर ६ जनालाई सदस्यता प्रदान गरिएको अध्यक्ष पौडेलले बताए । वर्षको पहिलो दिनमै क्बलले अन्तार्राष्ट्रिय र राष्ट्रिय शुल्क भुक्तानी गरिसको जानकारी उनले गराए ।
तपाईको प्रतिक्रिया