गोरखामा कोरोना संक्रमित पुरुषको मृत्यु

पोखरा
गण्डकी प्रदेश थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमण भएर गोरखा अस्पतालको आइसोलेसनमा राखिएका ४४ वर्षे पुरुषको शनिबार बिहान मृत्यु भएको जिल्ला अस्पताल गोरखाले जनाएको छ । उनलाई शुक्रबार राति मात्र काेराेना पुष्टि भएकाे थियाे । ती पुरुष पालुङटार नगरपालिका ७ का बासिन्दा हुन् ।

लामो समयदेखि सुगरका बिरामी ती पुरुषमा कडा खालको निमोनियाको समस्या समेत देखिएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा नवीन थापाले बताए ।
असार १६ गते कतारबाट आएका गोरखा पालुङटार नगरपालिकाका ती पुरुषमा स्वास्थ्य समस्या देखिएपछि जिल्ला अस्पतालको आइसोलेनमा लगिएको थियो । पालुङटारस्थित जीवनज्योति माविको क्वारेन्टिनमा बसेका उनलाई लगातार खोकी लागेपछि कोरोना परीक्षण गरिएको थियो ।
गोरखामा पहिलो पटक संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।
योसँगै गण्डकीका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्याङ्जाका ५८ र ५५ वर्षे कोरोना संक्रमित पुरुषको यसअघि नै मृत्यु भइसकेको छ ।
।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया