गण्डकीमा ३ संक्रमितकाे मृत्यु, १०७९ संक्रमित
पाेखरा
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७९ पुगेको छ ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा शनिबार बिहान १६ जना संक्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङकाे बरेङ र ढाेरपाटनका १/१ पुरुष, म्याग्दीकाे मंगलाका १ र रघुगंगाका २ जनामा काेराेना पुष्टि भएकाे छ ।
स्याङ्जाकाे पुतलीबजारका १ पुरुष, तनहुँकाे भीमादका १ पुरुष, कास्कीकाे पाेखराका २ पुरुषमा पनि काेराेना पुष्टि भएकाे छ ।
नवलपुरकाे देवचुली ५ पुरुष र २ महिला गरी शनिबार बिहान ६ जिल्लामा थप १६ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यसअघि पालुंगटार नगरपालिका – ७, बर्ष ४४ का १ जना कोरोना संक्रमित पुरुषको बिहान ५:०५ बजे गोरखा अस्पतालमा मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
*संक्रमितको संख्या १ हजार ७९ हुनुपर्नेमा अन्यथा हुन गएकाले सच्याइएको छ ।
तपाईको प्रतिक्रिया