गोरखामा पनि कोराेना संक्रमितको शव व्यवस्थापमा अवरोध

समाधान संवाददाता २०७७ असार २० गते १५:१२

समाधान संवाददाता

Advertisement

पोखरामा जस्तै गोरखा जिल्लामा पनि कोरोना संक्रमित पुरूषको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेका छन्।

पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय एक पुरूषको शनिबार बिहान गोरखा अस्पतालमा मृत्यु भएको थियो । उनलाई शुक्रबार अस्पतालको आइसोलेसनमा राखिएको थियो।

Advertisement

उनको शव अबुवा नजिकै लुदी र दरौंदी नदी दोभानको बगरमा खाल्डो खनेर व्यवस्थापन गर्ने निर्णय जिल्लास्थित सुरक्षा समितिले गरेको छ । त्यसको विरोधमा स्थानीयबासी उत्रिएका छन् ।

गोरखा नगरपालिकास्थित देउराली र सहिद लखन गाउँपालिकास्थित बक्राङका बासिन्दाले शव व्यवस्थापन गर्न नदिने भन्दै अवरोध गरेका हुन्।

Advertisement

स्थानीय बासिन्दाको अवरोधपछि मृतकको शव गोरखा अस्पतालमै रहेको छ । शव भन्दा अघि जेसिबी पुगेको देखेपछि स्थानीय बासिन्दा अवरोध गर्न उत्रिएका छन् । शव व्यवस्थापन गर्ने स्थलमा थप प्रहरी परिचालन गरिदैछ ।

नाेट–प्रतिकात्मक फाइल तस्विर

तपाईको प्रतिक्रिया