पोखरामा दुई बाइक जुधे, दुवै जलेर ध्वस्त

समाधान संवाददाता
पोखराको नयाँ बजारमा दुई वटा मोटर साइकल जुध्नासाथ आगलागी भएको छ ।
‘दुई वटा बाइक यस्सो ठोक्किएमा मात्र थिए, ह्वार ह्वार्ती बल्न थाले ।’ प्रत्यक्षदर्शी गणेश थापाले भने ।
नयाँ बजारमा शनिबार दिउँसो साढे ३ बजेतिर एउटै दिशाबाट गइरहेका २ वटा मोटरबाइक ठोक्किँदा आगो लागेर ध्वस्त भएका छन् । महेन्द्रपुलतिरबाट नयाँ बजारको बृहस्पति आयल स्टोर्सको ठिक सामुन्ने पुग्दा ती मोटरसाइकल ठोक्किएका थिए । दुवै मोटरसाइकलमा सवार सबै ४ जना सामान्य घाइते भएका छन् ।
पोखरा २७ रिठेपानीका २५ वर्षे इच्छा गुरुङले चलाएको ग१६प ४४४१ र सुरेन्द्र सुनारले चलाएको ३८६१ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । इच्छाको बाइकको पछाडि बसेका २० वर्षे दीपेन्द्र नेपाली र सुरेन्द्रले चलाएको बाइकको पछाडि बसेकी सुनीता सुनार गरी सबै ४ जनाका हातमा ददारिएको छ । उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको छ ।
मोटरसाइकलमा लागेको आगो निभाउन पोखरा महानगरपालिकाको दमकल आइपुगेका थियो । तर आगोले ध्वस्त भइसकेका बाइक काम लाग्ने गरी जोगिएनन् । बलिरहेको आगोमात्रै दमकलले निभाउन सक्यो ।
बाइक जलेकाे हेर्न यहाँ क्लिक गर्नु हाेला ।
बाइक जलेको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।








पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया