बुटवलमा एग्बोसाको राहत
![](https://www.samadhannews.com/wp-content/uploads/2020/07/Agbosha-1.jpg)
बुटवल, २० असार
गण्डकी बोर्डिङ स्कूल पोखरा लामाचौरका पूर्व विद्यार्थीहरुको संगठन इग्बोसा काउन्सिलको तर्फबाट बुटवल उपमहानगरपालिका वडा नं. ४ र १२ मा बसोवास गर्ने अतिविपन्न ५५ घरपरिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको छ । संस्थाले वडाका मदननगर टोल, सिस्नेप्लेट टोल र राजपुर टोलका गरी ५० जनालाई राहत बितरण गरेको हो ।
उक्त बोर्डिङ स्कुलबाट पासआउट भएर स्वदेश एवं विश्वका विभिन्न भागमा छरिएर रहेका विद्यार्थीहरुले संकलन गरी पठाएको १ लाख मध्य ८७ हजार रकम बराबर प्रतिपरिवार २५ किलो चामल, दाल, नुन, खाने तेल लगायत १ हजार ८ सय बराबरको खाद्य सहयोग उपमहानगरपालिकाको वडा नं. १२ मा वितरण गरिएको हो ।
कार्यक्रम वडा नं. १२ का अध्यक्ष दुर्गा सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । संस्था तथा कार्यक्रमको उद्देश्य बारे सोही स्कूलमा पूर्व विद्यार्थीहरु दीपक विश्वकर्मा (छविलाल), सुभाष प्रधान र सुदर्शन पौडेलले प्रकाश पारेका थिए ।
इश्वरी प्रसाद आचार्याको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा संयोजक तीलबहादुर रोकाले स्वागत गरे भने अर्का संयोजक जीतबहादुर थापाले धन्यवाद ज्ञापन गरेका थिए ।
संस्थाले शनिबार नै बुटवल उपमहानगरपालिका वडा नं ४ का ४ विपन्न परिवारलाई समेत खाद्यान्न सहयोग गरेको छ । गुल्मी शान्तिपुर घरभई देवीनगर धौलागिरी पथमा डेरागरी मिर्गौला डायलिस गराइरहेका दुबै मिर्गौला पीडित लालबहादुर विश्वकर्मालाई नगद ३ हजार ८ सय २५ एवं खाद्यवस्तु सहयोग प्रदान गरेको छ ।
विश्वकर्मालाई जीतगढी राइस मिलका प्रोप्राइटर ध्रुवप्रसाद श्रेष्ठले प्रदान गरेको २५ किलो चामल समेत संस्थाले हस्तान्तरण गरेको छ ।
तपाईको प्रतिक्रिया