चोरी मुद्दाका फरार २ प्रतिवादी पक्राउ
समाधान संवाददाता, पोखरा
कास्की प्रहरीले चोरी मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका फरार
२ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जबर्जस्ती चोरी मुद्दामा २०७३ जेठ १४ गते कास्की जिल्ला अदालतको फैसलाले दोषी ठहर गरेका माछापुच्छ्रे गाउँपालिका ५ ख्याम्राङका ६२ वर्षीय च्यामबहादुर तामाङलाई असार १६ गते पक्राउ गर्यो ।
उक्त मुद्दामा तामाङलाई १ लाख ५७ हजार ५ सय रुपैयाँ जरिवाना फैसला भएको थियो । फरार रहेका उनलाई वडा प्रहरी कार्यालय बगरको टोलीले ख्याम्राङबाटै पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
अर्का फरार प्रतिवादी माछापुच्छ्रे गाउँपालिका २ बस्ने ३४ वर्षीय सन्तोष तामाङलाई वडा प्रहरी बगरको टोलीले नै पक्राउ गरेको छ ।
असार १८ गते उनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता हमालले जानकारी दिए ।
२०७१ चैत २६ मा कास्की अदालतले तामाङलाई नकबजनी चोरी मुद्दामा ६६ हजार २ सय ९३ रुपैयाँ र सोही मितिको फैसलाले उक्त मुद्दामै १ लाख ३८ हजार ७५ रुपैयाँ जरिवाना सुनाएको थियो ।
पक्राउ दुबैलाई अदालतसामू पेस गरिसकेकाे प्रवक्ता हमालले जानकारी दिए ।
फैसला कार्यान्वयनलाई लागु गर्न फरार प्रतिवादीहरुलाई पक्राउ गर्ने कामलाई प्राथमिकता दिएको प्रवक्ता हमालले बताए ।
तपाईको प्रतिक्रिया