जिपी फाउन्डेसनले दियाे युनियनलाई प्रेस ज्याकेट
पोखरा
जिपी फाउन्डेसन कास्कीले नेपाल प्रेस युनियन कास्कीलाई प्रेस ज्याकेट सहयोग गरेको छ ।
पूर्व प्रधानमन्त्री नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको ९७ औं जन्मजयन्तीको अवसरमा जिपी फाउन्डेसन कास्कीले प्रेस युनियन कास्कीलाई शनिबार ५० थान प्रेस ज्याकेट सहयोग गरेको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल, जिपी फाउन्डेसन गण्डकी प्रदेशकी संयोजक संविधान सभा सदस्य शारदा पौडेल, कास्कीका अध्यक्ष यादवराज अधिकारीले नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देललाई प्रेस ज्याकेट हस्तान्तरण गरे ।
ती प्रेस ज्याकेट प्रेस युनियन कास्कीका अध्यक्ष सिग्देलले सोही अवसरमा क्रियाशील पत्रकारलार्ई वितरण गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले कांग्रेसले प्रधानमन्त्री पद पाए पनि सरकारमा जान नहुने बताए ।
पछिल्लो समय नेकपामा देखिएको विवादका कारण नेकपाको कुनै गुटसँग मिलेर काँग्रेस सरकारकामा सहभागी हुने हो कि भन्ने हल्ला चलिरहेका बेला केन्द्रीय सदस्य पौडेलले अहिले काँग्रेस सरकारमा सहभागी हुनु भनेको विलय हुनु तर्क गरे ।
‘अहिले नेपाली कांग्रेसलाई प्रधानमन्त्री पद दिए पनि सरकारमा सहभागी हुनु हुँदैन’ केन्द्रीय सदस्य पौडेलले भने, ‘नेकपामै दुई तिहाई भएको वेला सरकारमा रहेर केहि काम गर्न सकेको छैन । नेकपाको एउटा गुट समातेर सरकारमा सहभागि हुनु भनेको विलय हुनु जस्तै हो ।’
उनले वर्तमान सरकारले संविधानसँग बाझिने गरी ऐन ल्याउन खोजेर निरकुंशता लाद्न खोजेको बताउँदै यसकालागि कांग्रेसले शशक्त प्रतिकार गर्नुपर्ने उल्लेख गरे ।
‘साढे २ वर्ष भयो यो सरकार बनेको, आफ्नो स्वार्थ पूर्तिका वाहेक अरु केहि काम गरेको देखिएन’ केन्द्रीय सदस्य पौडेलले भने, ‘२ तिहाइ वहुमतको सरकार छ, काम गर्न कसैले छेकेको छैन । क्षमता नभएको मान्छेले काम गर्न सक्दैन भन्ने अहिले प्रमाणित भएको छ । त्यसैले यो सरकारसँग केहि अपेक्षा गर्न सकिदैन ।’उनले स्वर्गीय गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिको इतिहास भएको बताए ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले यो महामारीमा अग्रपक्तिमा रहेर रिपोटि· गर्ने पत्रकारलाई प्रेस ज्याकेट दिएर फाउन्डेसनले उदाहरणीय कार्य गरेको बताए ।
जिपी फाउन्डेसन गण्डकी प्रदेशकी संयोजक संविधान सभा सदस्य शारदा पौडेलले प्रेस ज्याकेटले लोकतन्त्रवादी पत्रकारको पहिचान झल्काउने बताइन् ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलले काँग्रेस सहित प्रेस युनियनको पहिचानका लागि ज्याकेट महत्पूर्ण वन्ने बताए ।
यसअघि जीपी फाउन्डेसन कास्कीले नेपाल प्रेस युनियन कास्कीलाई स्वास्थ्य सुरक्षा सामग्री पनि सहयोग गरेको थियो ।
जिपी फाउन्डेसन कास्कीका अध्यक्ष यादवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सहसंयोजक राजेन्द्रनिधि कोइराला, कांग्रेसका महासमिति सदस्य वीरेन्द्रनारायण विजुक्छे, सचिव मोतिराज तिमिल्सिना, प्रेस युनियन कास्कीका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले बोलेका थिए ।
तपाईको प्रतिक्रिया