तालचोकमा कृषि बजार

समाधान संवाददाता २०७७ असार २१ गते १०:४८

पाेखरा

Advertisement

लेखनाथ उद्योग वाणिज्य संघले पोखरा महानगरसँग समेतको सहकार्यमा कृषि उपज खरिद बिक्री केन्द्रको सुरुआत गरेको छ ।

लेखनाथ उद्योग वाणिज्य संघको अगुवाइ र पोखरा महानगरपालिका एवं सांसद विकास कोषको आर्थिक सहयोगमा पोखरा २७ को तालचोकमा निर्माण गरिएको कृषि उपज खरिद बिक्री केन्द्रको शनिबार उद्घाटन गरिएको छ ।

Advertisement

लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर यस क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा सहयोग पुग्ने गरी कृषि उपज खरिद बिक्री केन्द्रका लागि पहल गरेको हो ।

कृषि उपज खरिद बिक्री केन्द्रमा २६ वटा सटरहरु रहने र सोको कुल खर्च करिब १ करोड ५० लाख रुपैयाँ हुने अनुमान छ । निर्माण सम्पन्न भएको कृषि उपज संकलन केन्द्रलाई नयाँं आर्थिक वर्षदेखि यस क्षेत्रमा विभिन्न कृषि उपज उत्पाद गर्ने कृषि सहकारी, किसान समूह तथा किसानलाई प्राथमिकता दिई संकलन केन्द्र सञ्चालन गर्ने गरी तयारी लाई अगाडि बढाएको संघका अध्यक्ष बलराम ढकालले जानकारी दिएका छन् ।

Advertisement

कृषि क्षेत्रमा उत्पादित विभिन्न उपजहरु उत्पादन हुने तर बजारीकरणको लागि असुविधा भइरहेको अवस्थामा संघले उत्पादित वस्तु खरिद बिक्रीको लागि लागत वृद्धि हुन जानुको साथै ताजा बस्तु उपभोग गर्न समेत नपाइने अवस्थालाई ध्यानमा राखि उत्पादित वस्तुलाई एकैथलोमा संकलन गरी बिक्री वितरण गर्ने उद्देश्यले कृषि उपज खरिद विक्री केन्द्र स्थापना गर्न लागिएको हो ।

कृषि उपज खरिद बिक्री केन्द्रको उदघाटन गर्दै पूर्व स्वास्थ्यमन्त्री तथा सासंद खगराज अधिकारीले कृषि कार्य सम्मानजनक र आत्मसन्तुष्टिको पेसा भएकाले समयको माग र विकासका पूर्वाधार भएकाले यसले स्थानिय स्तरका स्वरोजगार सिर्जना गर्न सहयोग पु¥याउने विचार राखेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश आर्थिक तथा विकास समितिका सभापति दीपक कोइरालाले उत्पादन देखि वितरणसम्म किसानहरुलाई सहभागी गराउनुपर्ने सुझाव राखेका थिए । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले किसानहरुलाई व्यावासायिक उत्पादनतर्फ अग्रसर हुन आग्रह गरे ।

सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले निजी क्षेत्र र सरकार निकायको सहकार्यमा विकासका पूर्वाधारहरु खडा गर्न सकिने विचार राखेका थिए भने रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले कोरना भाइरसका कारण निम्तिएको विसम परिस्थितिलाई अवसरका रुपमा लिएर कृषिलाई पर्यटन, उद्योग र व्यवसायको रुपमा पनि विकास गराउन सकिनेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाली काग्रेस कास्कीका सभापति कृष्ण केसीले व्यवस्थित बजारीकरणले मात्र सभ्य सहर निर्माण गराउन सकिने विचारका थिए भने प्रदेश सांसद विन्दुकुमार थापाले किसानले मूल्य नपाउने र उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने परिपाटीको अन्त्य हुनुपर्ने सुझाव राख्दै समय सुहाउँदो लगानी मैत्री वातावरण सिर्जना हुर्ने धारणा राखेका थिए ।

कार्यक्रममा लेउवासंघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले लेखनाथ उद्योग वाणिज्य संघ व्यवसायीहरुको मात्र संस्था नभई सम्पूर्ण लेखनाथबासीको साझा संस्था भएको विचार राखेका थिए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संघसंघबीचको सहकार्यबाट अगाडि बढ्न सकिने सुझाव राखेका थिए ।

संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष विनोदकुमार श्रेष्ठले धन्यवाद र महासचिव गोपीचन्द्र बास्तोलाले कार्यक्रम संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया