ग्रामीण सडकमा पहिरोको जोखिम

सुशील सुवेदी
वालिङ
पछिल्लो समय स्थानीय तहले कृषि सडक र ग्रामीण सडकलाई प्राथमिकतामा राखेका छन् । हिउँदमा सडक खन्ने तर वर्षातको ख्याल नगर्ने प्रवृत्तिले सडक तलमाथिका घरहरु पहिरोको जोखिममा परेका छन् । जिल्लाको ११ वटै स्थानीय तहमा निर्माण गरिएका ग्रामीण सडक छेउछाउका घर पहिरोको जोखिममा पर्न थालेसँगै स्थानीय त्रसित छन् ।
स्याङ्जाको ११ वटै स्थानीय तहमा खनिएका ग्रामीण सडक खण्ड अन्तर्गत सयौँ घर पहिरोको जोखिममा छन् ।
गल्याङ ९ चितडाँडामा आधा दर्जन घर पहिरोको जोखिममा छन् । करादी—उमाकोट सडक खनिएपछि बाटोमुनिको घरमा भेल पस्ने र बाटो माथिको घर भुन्डिने अवस्थामा छ । स्थानीय गुनाखर खनाल भन्छन्, ‘सडक निर्माण गर्दा प्राविधिक परामर्श नभएको कारण यहाँका घर उच्च जोखिममा छन् । नयाँ सडक खन्दा पर्खाल उठाउन र पहिरोको जोखिम मूल्यांकन गर्न आवश्यक छ ।’
अहिले गल्याङको ४, ६, ९, १० लगायत वडामा दर्जन घर जोखिममा छन् । स्याङ्जाको ११ वटै स्थानीय तहमा खनिएका ग्रामीण सडक खण्ड अन्तर्गत सयौँ घर पहिरोको जोखिममा छन् । अव्यस्थित र प्राविधिक परामर्शबिना सडक खन्दा ग्रामीण क्षेत्रका सयौं घरहरु जोखिममा परेको स्थनीयबासीको गुनासो छ ।
कोरोनाको विपदसँगै प्राकृतिक विपदले स्थानीय तह अझ मर्कामा परेका छन । भूगोलको हिसाबले पनी विकास निर्माण कार्य गर्दा समस्या आएको बताउँदै विपद रहात कोषमार्फत पहिरो नियन्त्रण गरिने गल्याङ नगर प्रमुख भूपराज अधिकारीले सुनाए । उनले भने, ‘विकासको पहिलो आधार सडक भएपनि हाम्रो भूगोलले विकासलाई साथ दिएको छैन । उच्च जोखिममा रहेका घरधुरीलाई पहिलो चरणमा त्रिपाल वितरण गरेका छौँ, वर्षातपछि आवश्यक ठाउँमा वाल उठाउनेछौं ।’
केही दिनअघि गल्याङ ९ मा गएको पहिरोले १ जनाको ज्यानसमेत गएको थियो । गल्याङ ९ साङ्लिया स्थित ४९ वर्षीय यामबहादुर विकको घर पछाडिबाट आएको पहिरोले विकको ज्यान गयो भने उनकी श्रीमती फूलमाया विक घाइते भएकी थिइन् ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया