मुद्रण व्यवासायीले सार्वजनिक गरे क्यालेन्डर
समाधान संवाददाता
पोखरा
नेपाल मुद्रण उद्योग महासंघ गण्डकीले शनिबार पोखरामा कोरोना सचेतना, क्यालेन्डर विमोचन तथा सम्मान कार्यक्रम गरेको छ ।
गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रम उद्घाटन गरे ।
थापाले कोभिड–१९ ले नेपालमा प्रत्यक्ष आर्थिक समस्या देखिएको र उद्योग व्यवसाय, पर्यटन क्षेत्र, यातायात क्षेत्रमा अझ बढी धरासयमा परेको बताएका छन् । थापाले भने, ‘नेपाल सरकार लोक कल्याणकारी सरकार भएको हुँदा धरासयमा परेको क्षेत्रमा आर्थिक प्याकेजसहित राहत दिनुपर्दछ ।’
उद्योग व्यवसायीको हकहितको लागि बैंकिङ व्याजदरमा ५ प्रतिशत घटाउन, ओडी लोनको ब्याजदरमा २ प्रतिशत छुट दिनको लागि सम्बन्धित निकायमा जानकारी गराइएको बताएका छन्् । घरधनीहरुले पनि घरभाडामा छुट दिई सहयोग गर्नको लागि अनुरोध गरेका थिए ।
पोखरा टे«ड मलले ३ महिनाको ५० प्रतिशत छुट दिएको समेत जनाएका छन् ।
मुद्रण व्यवसायीको हकहितको लागि आर्थिक, भौतिक र नैतिक सहयोग गर्न आफू जुनसुकै बेलामा पनि तम्तयार रहेको समेत जानकारी गराए । त्यसैगरी मिस कल्चर–२०२० कि विजेता प्रतीक्षा बास्तोलालाई आगामी दिनमा अझ प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशले ‘कोरोना सचेतना मूलक किताव र वार्षिक क्यालेन्डर–२०७७’ विमोचन गरिएको थियो । कोहिनुर अफसेट प्रेसका सञ्चालक बसन्त बास्तोला र सीता बास्तोलाकी छोरी प्रतीक्षा बास्तोलालाई मिस कल्चर–२०२० को विजेता बन्न सफल भएकोमा सम्मान पत्र र खादा लगाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै मिस कल्चर २०२० की विजेता बास्तोलाले आफू कानुृन विषयको विद्यार्थी भएको र भविष्यमा एक सक्षम अधिवक्ता भई अन्यायमा परेका गरिब, निमुखा र असहायको पक्षमा वकालत गर्ने जनाएकी छिन् ।
त्यसै गरी नेपाल मुद्रण महासंघका केन्द्रीय सदस्य जीवन गोर्खालीले मुद्रण उद्योग व्यवसायीहरुलाई कोभिड–१९ बाट परेको समस्या र समाधानको लागि अर्थमन्त्री समक्ष ध्यानाकर्षण गराइएको समेत जानकारी दिएका थिए।
मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष पदमलाल श्रेष्ठले मुद्रण व्यवसायीको आवाजलाई केन्द्रबाट स्थानीय तह र स्थानीय तहबाट केन्द्र सम्म पु¥याउनका लागि गोलबद्ध रहनका लागि संस्था स्थापना भएको जानकारी गराएका थिए । मुद्रण उद्योग संघ कास्कीको सहयोग र आफ्नै नेतृत्वमा नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश १ वर्ष अगाडि स्थापना भएको र आजका मिति सम्ममा प्रदेशले गरेका कार्यहरु स्मरणीय योग्य रहेको बताएका थिए।
क्यालेण्डर संयोजक तथा संस्थाका कोषाध्यक्ष विष्णुबहादुर अधिकारीले कोरोनाको कहर र लकडाउनको समयमा पनि सम्पूर्ण सदस्य साथीहरुले क्यालेन्डर प्रकाशनमा सहयोग गरेकामा कृतज्ञता व्यक्त गरेका थिए ।
संस्थाका महासचिव बसन्त बास्तोला र सदस्य कोपिला श्रेष्ठद्वारा सञ्चालन गरेको उक्त कार्यक्रममा सदस्य मनोहर दहालले स्वागत मन्तव्य, उपाध्यक्ष खगेन्द्रप्रसाद अर्याल र सल्लाहकार कृष्णराज ढुंगानाले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष महेन्द्र बजिमयाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
तपाईको प्रतिक्रिया