धराप विजयपुर पुलको मर्मत गरिँदै, १ करोड ३९ लाखमा ठेक्का

ईश्वर देवकोटा, पोखरा
पृथ्वीराजमार्ग हुँदै मुख्य पोखरा बजार क्षेत्र प्रवेश गर्ने नाकामा जीर्ण बनेको विजयपुर पुल मर्मतको काम थालिएको छ ।
गत वर्ष ११ ठाउँबाट बटम कड भाँच्चिए (क्रयाक) पछि २३ ठाउँबाट स्टिल पाता गाँसेर टेको लगाइएको थियो । बर्खाको समय सुरु हुनैसाथ विजयपुर खोलाबाट बेसमेन्ट उठाई लगाइएको टेको पानीले बगाएको छ ।
जीर्ण पुलको पुलचोक इन्जियरिङ क्याम्पसबाट डा. भरत मण्डलको टोलीले १ वर्ष अघि नै अध्ययन गरेको थियो ।
अध्ययन प्रतिवेदनले पुलको विकल्पमा नयाँ पुल निर्माण गर्न र जीर्ण पुललाई नै मर्मत गरेर सञ्चालनमा ल्याउन सुझाएको सडक डिभिजन पोखराका प्रमुख सुनिलबाबु पन्तले जानकारी दिए ।
दीर्घकालीन समाधानमा नयाँ पुल बनाउने भन्ने नै छ । तर अल्पकालीन समाधानका लागि सोही पुल मर्मत गर्नु नै उपयुक्त हुने देखियो,’ उनले भने, ‘बेलिब्रिज हुँदाहुँदै किन ? भन्ने हुनसक्छ । बेलिब्रिज अस्थायी पुल हो । यसको भारवहन क्षमता पनि न्यून छ ।’
पुल मर्मतका लागि सडक डिभिजनबाट टेन्डर आह्वान भई असार पहिलो सातामै जलप नेपाल प्रालिले १ करोड ३९ लाखमा काम सम्पन्न गर्ने गरी ठेक्का लिएको छ ।
साउनमै सम्पन्न गर्नेगरी कम्पनीलाई काम गर्न भनेपनि सम्झौता म्याद पुससम्म दिइएको डिभिजन प्रमुख पन्तले जानकारी दिए । राजमार्गमा अध्यधिक भारवहन क्षमता भएका सवारी गुडिरहने र ठूला आयोजनाका सामग्री ढुवानीमा भइरहेको समस्या टार्नलाई पनि पुलको तत्कालै मर्मत थालिएको उनले बताए ।
कम्पनीले पुलको वारपार नै बटम कडको सर्पोटको लागि चेम्बर गाँस्ने छ । यसअघि भाँच्चिएको ठाउँमा मात्र चेम्बर राखिएको थियो । बटम कड फेर्न सम्भव नहुने भएकाले मर्मत नै गर्नुपरेको डिभिजन प्रमुख पन्तको भनाइ छ ।
नयाँ पुल निर्माणबारे भने सडकमा कुनै पनि योजना नरहेको उनले बताए । पोखरा–मुग्लिन सडक खण्ड ४ लेनमा निर्माण गर्ने आयोजनामा विजयपुल खोलामा पनि नयाँ पुल आवश्यक पर्ने हुँदा उक्त आयोजना अन्तर्गतनै समावेश हुनसक्ने पन्तले सुनाए ।












जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया