ओली–प्रचण्डबीचको निर्णायक वार्ता सुरु

समाधान संवाददाता २०७७ असार २१ गते १२:५५

समाधान संवाददाता, काठमाडौं

Advertisement

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बढेको तित्तताका कारण पार्टी फुटको संघारबाट गुज्रिरहेका बेला बालुवाटारमा वार्ता सुरु भएको छ ।

ओली र प्रचण्डबीच सुरु भएको उक्त वार्ता निर्णायक हुने अथ्र्याइएको छ । प्रचण्ड शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्के लगत्तै वालुवाटर पुगेका हुन् ।

Advertisement

छलफलमा ओलीको तर्फबाट नेताहरु विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा पनि सहभागी छन् ।

ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने दाहालको माग छ । तर दुवै पदबाट राजीनामा नदिने बरु छुट्टै पार्टी घोषणा गर्ने चेतावनी ओलीले दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया