जोमसोमबाट गर्भवती महिलाको हेली उद्दार
समाधान संवाददाता
२०७७ असार २१ गते १३:५१
एसके थकाली, जोमसोम
मुस्ताङको घरपझोङ गाउँपालिकाबाट ३० वर्षीया गर्भवती महिलाको प्रभु हेली मार्फत उद्दार भएको छ । उक्त महिलालाई सुत्केरी ब्यथाले च्यापेपछि पोखरास्थित गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालमा रिफर गरिएको जोमसोम अस्पतालले जनाएको छ ।
जोमसोममा सुत्केरी हुन नसकेकी ति महिलालाई विमानस्थलबाट बिहान पौने १२ बजे प्रभु हेलिकप्टर प्रालिको ९ एनएएलयु कल साईन भएको आर—६६ टाईपको हेलीले उद्दार गरेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दिपक विकले जानकारी दिए ।
कोरोना महामारीले सिर्जित लकडाउनका कारण पोखरा—जोमसोम हवाई उडान बन्द छ । तर, बर्खायामको समय बेनी÷जोमसोम सडक खण्डमा ठाउँ÷ठाउँमा पहिरो जाने, शाखा नदीनाला बढेर सडक अवरुद्ध हुने भइरहेकाले जोमसोम विमानस्थलबाट आपत्कालीन हेली उद्दार गर्नु परेको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया