बागलुङकाे क्वारेन्टिनमा मृत्यु भएका युवामा कोरोना पुष्टि

पोखरा
बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवाको रिपोर्ट पोजेटिभ आएको छ ।
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय सुनिल विकको पोखरास्थित क्षयरोग केन्द्रको प्रयोशालामा परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।
लामो समयदेखि फोक्सोको बिमारी उनी ढोरपाटन नगरपालिका ४ स्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा शनिबार राति उनको मृत्यु भएको छ । उनको स्वाब भने पहिले नै पठाइएको थियो ।
उनी लकडाउन अघिनै भारतमा उपचारका लागि गएका थिए । उपचार सम्भव नभएर फर्केपछि क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमै शनिबार राति मृत्यु भएको हाे ।
पहिला उत्तरगंगा माविको क्वारेन्टाइनमा राखिएकोमा बिरामीको अवस्था नाजुक देखेपछि उनलाई नजिकै रहेको ससुराली घर पठाइएको थियो ।
वडा कार्यालयले सूचना पाएपछि फेरि उनलाई घर नजिकैको छोरेगाउँ माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा सारिएको थियो । उनको घर परिवारका अन्य ३ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ ।
योसँगै गण्डकीमा कोरानाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । स्याङ्जाका २ र गोरखाका १ पुरुषको कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु भइसकेको छ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया