पोखरा रोयललाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार

समाधान संवाददाता २०७७ असार २१ गते १६:४३

पोखरा

Advertisement

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था । उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७६ बाट सम्मानित भएको छ । ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघ लिमिटेडले नेपाल सहकारी अभियानको तर्फबाट रोयल सहकारीलाई सो पुरस्कार प्रदान गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले पोखरा रोयलका सचिव चन्द्रप्रसाद गुरुङ र मुख्य प्रवन्धक मीलन ढकाललाई सम्मानपत्र र नगद प्रदान गरे ।

Advertisement

पुरस्कारसँगै आफूहरुलाई सहकारी क्षेत्रमा काम गर्न झनै ऊर्जा थपिएको पोखरा रोयलका सिइओ भीमबहादुर गुरुङले बताए । पोखरा रोयलसँगै साना किसान कृषि सहकारी संस्था रौतहट, चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था काठमाडौं, जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देही, हरियो हिरा कृषि तथा जडिबुटी विकास सहकारी संस्था लिमिटेड सुर्खेत पनि सम्मानित भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया