नेपालमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि
समाधान संवाददाता
२०७७ असार २१ गते १७:०५
समाधान संवाददाता
नेपालमा थप २ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आज थपिएका २ सय ९३ सहित नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ।
कुल संक्रमितमध्ये ३४ जनाको मृत्यु भएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया