महेन्द्रपुलमा प्रहरी बिट हस्तान्तरण
समाधान संवाददाता
पोखरा
पोखराको महेन्द्रपुलमा सुरक्षा व्यवस्थापनका लागि साँघुमुख वातावरण मैत्री विकास उपभोक्ता समितिद्वारा नेपाल प्रहरीलाई प्रहरी बिट हस्तान्तरण गरिएको छ ।
स्थानीयद्वारा संकलित रकमद्वारा निर्माण गरिएको बिट जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख जीवनकुमार श्रेष्ठलाई उपभोक्ता समितिका अध्यक्ष इन्द्रकमल मानन्धरले हस्तान्तरण गरिन् ।
बिट शुभारम्भ गर्दै प्रहरी प्रमुख एसपी श्रेष्ठले प्रहरी समुदाय साझेदारीले समाजमा अपराध न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । ट्राफिक तथा सुरक्षा व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई आवश्यक ठाउँको अभावले देखिएको समस्या समाधानमा बिटले महत्वपूर्ण भूमिका खेल्ने प्रहरी सहायक निरीक्षक मनबहादुर रोकाले बताए ।
कार्यक्रममा उपाध्यक्ष रोशन महर्जन सचिव रामहरी पौडेल, पोखरा महानगर वडा नंम्बर ९ का वडा सचिव लोकदर्शन कोइराला लगायतले बीटका कारण प्रहरीको व्यवस्थापन तथा आवश्यक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवनकुमार श्रेष्ठ, डिएसपी सुवास हमाललाई समितिको तर्फबाट स्वागत तथा सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया