इन्सेकले बाँड्यो स्थानीय तहमा स्वास्थ्य सामग्री
समाधान संवाददाता
पोखरा
इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराले तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँ पालिका र कास्की जिल्लाको रुपा गाउँपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले असार २१ गते उक्त स्वास्थ्य सामग्री ३ स्थानीय तहलाई हस्तान्तरण गरे ।
तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापालाई, भानु नगरपालिकाका उपप्रमुख आशा थापा र कास्की जिल्लाको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझालाई ती सामग्री हस्तान्तरण गरिएको थियो । इन्सेकले २ र २ थान थर्मल गन, १ र १ लिटर स्यानिटाइजर र ५÷५ सय थान मास्क उपलब्ध गराएको थियो ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै प्रदेश संयोजक खकुरेलले कोभिड (१९ को जोखिमपूर्ण अवस्थामा नागरिकलाई स्वास्थ्य प्रति संवेदनशील बनाउन सामग्री उपलब्ध गराइएको बताए । उक्त २ स्थानीय तहमा इन्सेकले स्वास्थ्य, शिक्षा, खाद्य र आवासको अधिकार कार्यान्वयनको लागि जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना सन्चालन गरिएको र स्वास्थ्य अधिकार अन्तर्गत जनताको स्वास्थ्यको अधिकार कार्यान्वयन गराउन उक्त सामग्री उपलब्ध गराइएको खकुरेलले बताए ।
उक्त अवसरमा भानु नपाकी उपमेयर आशा थापा र बन्दीपुर गाउँ पालिकाका अध्यक्ष पूर्णसिंह थापाले अहिलेको जोखिमपूर्ण समयमा स्वास्थ्य सामग्री उपलब्ध गरेर इन्सेकले निकै सरहानीय कार्य गरेको बताए । कार्यक्रम इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराका अधिकृत सवनम शर्मा, सुपरीवेक्षक मधु पन्थी, स्थानीय सहजकताहरु सुनिता आचार्य र तिर्सना तिमिल्सिनाको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया