कुवेतबाट आएका थिए पोखराका २ संक्रमित महिला
समाधान संवाददाता
२०७७ असार २१ गते १९:५२
समाधान संवाददाता
कोरोना पुष्टि भएका पोखराका २ महिला कुवेतबाट आएको खुलेको छ । दुवै महिला कुवेतबाट १२ दिन पहिले पोखरा आइपुगेको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा स्रोतले जनाएको छ ।
उनीहरु पोखरा १७ र ३३ वडाका हुन् । दुवै जना पोखरा ३ नदीपुरस्थित पद्म नर्सिङ होममा महानगरले बनाएको क्वारेन्टाइनमा बसेका थिए । योसहित पोखरामा कोरोना पुष्टि हुनेको संख्या ५१ पुगेको छ ।
पोखरामा २ सहित गण्डकी प्रदेशमा आइतबार साँझ ५ कोरोना संक्रमित थपिएका छन् । पोखराबाहेक लमजङ, गोरखा र बागलुङमा १/१ जना थपिएका हुन् ।
बागलुङमा कोरोना पुष्टि भएका पुरुषको भने मृत्यु भइसकेको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या १ हजार ९६ पुगेको छ । तीमध्ये २ सय ९७ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया