विरेठाँटीमा सय परिवारलाई राहत वितरण
समाधान संवाददाता
पोखरा
कास्कीको अन्नपूर्ण गाँउपालिका ८ विरेठाँटीमा आइतबार १ सय घर परिवारलाई राहत वितरण गरिएको छ । साविकको कास्कीको दाङसिङ गाविस वडा नम्बर ३ उपल्लाथरका लाम्छाने गुरुङ बाबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरुको सहयोगमा एक सय परिवारलाई राहत उपलब्ध गराइएको हो ।
असक्त, असहाय तथा विपन्न परिवारलाई २५ किलो बराबारको एक बोरा चामल उपलब्ध गराईएको राहत संयोजक टेकबहादुर लाम्छाने गुरुङले जानकारी दिए । दाङसिङ उपल्लोथरका लाम्छाने गुरुङहरुको सहयोगमा जल्गेनी, सिबिके, खिउ, खाउने, एक्ले, सारक्यु, छेदगाउँ, दाङसिङ गाउँ, लामाखेत लगाएतको गाँउका वासिन्दालाई राहत उपलब्ध गराईएको राहत वितरण अभियानका सभापति क्या. काजिमान गुरुङले जानकारी दिए ।
कोरोनाको कहर भए पनि नेपालमा रोगले भन्दा भोकले ज्यान गुमाउने स्थिति आफ्नो ठाँउमा नआउन भनेर राहत वितरण गरिएको संयोजक टेकबहादुर लाम्छाने गुरुङको भनाइ थियो । युके, अमेरिका, जर्मनी, बेल्जियम, हङकङ, कोरिया, अफगानिस्तान लगायत विभिन्न देशमा कार्यरत साथै पोखरामा बस्ने दाङसिङ उपल्लोथरका लाम्छाने गुरुङहरुको सहयोगले गरिएको राहतले आहात मिलोस भन्ने चाहेका उनले बताए । राहत वितरणमा बोलाएको भन्दा बढी आएकाले नपुगेकोहरुलाई पनि नाम टिपोट गरेर चाँडै वितरण गर्ने उनको भनाइ छ ।
विभिन्न देशबाट सहयोग पठाएर साथै देशका बिभिन्न शहरमा बसेरपनि सहराहत अभियानमा सहयोग गर्ने दाङसिङ उपल्लोथरका लाम्छाने गुरुङ बाबाआमा, दाजुभाइ, दिदीबहिनी सबैलाई दाङसिङ पोखरा गुरुङ सम्पर्क मञ्चका अध्यक्ष क्या. काजिमान गुरुङले धन्यवाद दिए । राहत वितरण कार्यक्रममा जगन गुरुङले सहयोग पाएकाहरुको आशिष लागोस भनेर कामना गरेकी थिइन् ।
कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनले अन्नपूर्ण गाँउपालिकाका अन्य वडामा राहत वितरण नभएको अवस्थामा वडा नम्बर ८ मा ३ पटक वितरण हुनु राम्रो पक्ष रहेका बताए । कार्यक्रममा गाँउ कार्यपालिका सदस्य खगेन्द्र गौचनले राहत वितरण कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
राहत वितरण कार्यक्रममा तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, चिनबहादुर प्यार प्रतिष्ठानका अध्यक्ष पूर्ण काने गुरुङको पनि सहभागिता थियो ।
तपाईको प्रतिक्रिया