पोखरामा १ सहित गण्डकीमा थपिए १७ कोरोना संक्रमित

समाधान संवाददाता २०७७ असार २२ गते १४:०२

समाधान संवाददाता, पोखरा

Advertisement

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा गण्डकीमा १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

कास्कीको पोखरा महानगरपालिकाकी १ जना ५१ वर्षीय महिला सहित प्रदेशभर १७ जना संक्रमित थप भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

प्रतिष्ठानमा भएको परीक्षणमा लमजुङका स्थानीय तह बेसीसहरमा ३, सुन्दरबजारमा ३ राइनासमा १, क्होलासोथरमा २, दोर्दीमा २, मध्यनेपालमा १ जना गरी ११ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणमा ढोरपाटनकी २१ वर्षीय १ जना महिला र बडीगाड र काठेखोलाका २÷२ पुरुषमा गरी ५ जनामा संक्रमण पुष्टि भएको निर्देशक शर्माले जानकारी दिए ।

Advertisement

योसँगै प्रदेशभर संक्रमितको संख्या १ हजार १ सय १३ जना पुगेको छ ।
संक्रमित सबैलाई उपचारका लागि आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया