पोखरामा १ सहित गण्डकीमा थपिए १७ कोरोना संक्रमित

समाधान संवाददाता, पोखरा
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा गण्डकीमा १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
कास्कीको पोखरा महानगरपालिकाकी १ जना ५१ वर्षीय महिला सहित प्रदेशभर १७ जना संक्रमित थप भएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
प्रतिष्ठानमा भएको परीक्षणमा लमजुङका स्थानीय तह बेसीसहरमा ३, सुन्दरबजारमा ३ राइनासमा १, क्होलासोथरमा २, दोर्दीमा २, मध्यनेपालमा १ जना गरी ११ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणमा ढोरपाटनकी २१ वर्षीय १ जना महिला र बडीगाड र काठेखोलाका २÷२ पुरुषमा गरी ५ जनामा संक्रमण पुष्टि भएको निर्देशक शर्माले जानकारी दिए ।
योसँगै प्रदेशभर संक्रमितको संख्या १ हजार १ सय १३ जना पुगेको छ ।
संक्रमित सबैलाई उपचारका लागि आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया