मोटरसाइकलको ठक्करबाट पैदलयात्री १ महिलाको मृत्यु

समाधान संवाददाता २०७७ असार २२ गते १६:३५

समाधान संवाददाता, पोखरा

Advertisement

पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री १ महिलाको मृत्यु भएको छ ।

जिरो किमी कालिका पेट्रोल पम्प अगाडि लु५९प ८७८१ नम्बरको मोटरसाइकलले ५१ वर्षीया रुपा सिंह विकलाई आइतबार राति सवा ९ बजे ठक्कर दिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Advertisement

विकको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए ।

मोटरसाइकल चालक पोखरा ६ बस्ने १९ वर्षीय नारायणप्रसाद आचार्य र सवारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चालक आचार्यसमेत घाइते भएका छन् ।

Advertisement

उनको जिरोस्थित रिजन अस्पतालमै उपचार भइरहेको छ । घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया