लायन्स भद्रकालीको पद हस्तान्तरण, बाटुलेचौरमा वृक्षरोपण

समाधान संवाददाता २०७७ असार २२ गते १९:३७

समाधान संवाददाता
पोखरा

Advertisement

लायन्स क्लब अफ पोखरा भद्रकालीको पद हस्तान्तरण पोखरामा भएको छ । लायन वर्ष २०१९–२० का अध्यक्ष अरविन्द पौडेलले वर्ष २०२०–२०२१ का अध्यक्ष संयुक्तबहादुर धाख्वालाई पद हस्तान्तरण गरे ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण सामाजिक दुरी कायम गर्दै उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा क्लबका गाइडिङ चियरपर्सन एवं डिपार्टमेन्ट चिफ शान्तकुमार श्रेष्ठले नयाँ टिमलाई शुभकामना दिँदै क्लबले प्राप्त गरेको सफलताप्रति खुसी व्यक्त गरे । उनले भने, ‘नेपाली लायनवादको क्षेत्रमा अलग्गै छाप बनाएको भद्रकालीले धेरै उचाइ लिएको छ, अझै सफलताको कामना गर्दछु ।’

Advertisement

कार्यक्रममा एओजी दीपकराज तिवारी, डिपार्टमेन्ट अफिसरद्वय बुद्धिराज बराल, भरत कोइराला, कमिटी चियरपर्सन शंकर ज्ञवाली, रिजन चियरपर्सन वसन्तराज सिग्देल लगायतलाई सम्मान गरिएको थियो ।

गएको वर्षबाट सुरु भएको आजीवन सदस्यता अभियानमा सहभागी १२ जना पदाधिकारी एवं सदस्यलाई पनि उक्त अवसरमा सम्मान गरिएको छ । वार्षिक एकमुष्ठ ५७ हजार ५ सय रुपैयाँ भुक्तानी गरी आजीवन सदस्यता लिने व्यवस्था गरिएको छ । उक्त रकममध्ये ५० हजार रुपैयाँ मुद्दती खातामा जम्मा हुने र सोही रकमको ब्याजबाट वार्षिक शुल्क तिर्ने व्यवस्था मिलाइएको छ । आगामी दिनमा आजीवन सदस्यता वृद्धि गर्दै लैजाने निवर्तमान अध्यक्ष अरबिन्द पौडेलले बताए । पौडेलले बताए । पौडेलकै अग्रसरतामा उक्त अभियान सुरु भएको हो ।

Advertisement


नवनियुक्त अध्यक्ष धाख्वाले यो वर्ष क्लबलाई थप उचाइमा पुर्‍याउनका लागि आफूले हरसम्भव प्रयास गर्ने बताए । गभर्नरको थिम अनुसार नै कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता उनले जनाए । कार्यक्रममा कमिटी चियरपर्सन एवं क्लबका पूर्वअध्यक्ष शंकर ज्ञवाली, डाइरेक्टर केदार बरालले शुभकामना व्यक्त गरेका थिए । निवर्तमान सचिव रवीबहादुर विक, नवनिर्वाचित सचिव धनेन्द्र गुरुङले क्रमश पहिलो र दोस्रो सत्रको कार्यक्रम सञ्चालन गरेका थिए ।

यसैगरी क्लबले लायन वर्षको सुरु दिनमै वृक्षरोपण तथा गोडमेल गरेको छ । पोखरा १६ लामाचौरस्थित चण्डिका आधारभूत विद्यालय प्रांगणमा क्लबले बिरुवा रोपेर संरक्षण गर्दै आएको छ । कार्यक्रममा डिस्ट्रिक्ट क्लस्टर चिफ ऋषि गिरी, रिजन चियरपर्सन वसन्तराज सिग्देल, क्लब अध्यक्ष धाख्वा, सचिव धनेन्द्र गुरुङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिरुद्र थापा, प्रधानाध्यापक सिर्जना सिग्देल लगायत सहभागी थिए ।

१३ वर्ष अघि स्थापना भएको क्लबले शैक्षिक गतिविधिमा केन्द्रित भएर कार्यक्रम गर्दै आएको छ । क्लबको अध्यक्षमा संयुक्तबहादुर धाख्वा, निवर्तमान वर्तमान अध्यक्ष अरबिन्द पौडेल, प्रथम उपाध्यक्ष कृष्ण प्रसाद शर्मा तिम्सिना छन् ।

द्वितीय उपाध्यक्षमा अमृत पौडेल, सचिव धनेन्द्र गुरुङ, सहसचिव प्रेमप्रसाद चापागाई, कोषाध्यक्षमा रामचन्द्र शर्मा, सहकोषाध्यक्ष राजेन्द्र श्रेष्ठ, मेम्बरसिप चेयरपर्सनमा पदमपाणि शर्मा छन् ।

मार्केटिङ चेयरपर्सन रबीबहादुर विक, सर्भिस चेयरपर्सन मनिश्वर शर्मा, हेल्थ डाइरेक्टर डा. बद्री पौडेल, शिक्षा डाइरेक्टर कल्याणकुमार ढेबाजु, वातावरण डाइरेक्टर केदार बराल छन् ।

अन्तरक्लब सम्बन्ध डाइरेक्टर समरबहादुर परियार, टेल ट्विस्टरमा रामप्रसाद शर्मा, टेमरमा रामप्रसाद सुवेदी, क्लब अफिसर लोकेन्द्रराज राजभण्डारी, क्लब अफिसरमा कमल सुनार, युवराज चापागाईं, कमलराज बास्तोला, सन्तोष अर्याल छन् ।

सल्लाहकारमा संस्थापक अध्यक्ष विश्व सिग्देल, पूर्व अध्यक्षहरु किशोरदत्त बराल, शंकर ज्ञवाली, बुद्धिराज बराल, दीपकराज तिवारी, खुबबहादुर बराल, भरत कोइराला, वसन्तराज सिग्देल छन् ।

तपाईको प्रतिक्रिया