पाेखरा महानगरका बालबालिकाको स्थितिपत्र

पोखरा
पोखरा महानगरपालिका वडा नम्बर ९ मा भएका बालबालिकाको अवस्था समेटिएको पुस्तक बालबालिका स्थितिपत्र विमोचन गरिएको छ । बालमैत्री स्थानीय शासन वडा समन्वय समिति वडा नम्बर ९ ले प्रकाशन गरेको पुस्तकको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेले सोमबार विमोचन गरेका हुन् ।
कार्यक्रममा महानगरपालिका प्रमुख जिसीले प्रत्येक अभिभावकले आफ्नो घरमा बालमैत्री वातावरण बनाउनुपर्ने बताए । उनले अभिभावकको आनीबानी, आचारणलाई बालबालिकाले पछ्याउने हुँदा बालबालिकासँग राम्रो व्यवहार गर्नुपर्ने बताए ।
अभिभावकको गलत क्रियाकलापले कतिपय बालबालिका सडकमा आउन बाध्य भएको घटना सामाजमा हुने गरेकाले बालबालिका बालमैत्री वातावरण बनाउनु अभिभावकको दायित्व र जिम्मेवारी भएको बताए । कार्यक्रममा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बालबालिका राष्ट्रको भविष्य भएको बताइन् । उनले बालबालिकालाई सही तरिकाले लगानी गरे मात्र त्यसको प्रतिफल राम्रो आउने बताइन् ।
पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेले बालबालिकाको स्थितिपत्रले बालबालिका सम्बन्धी नीति, योजना बनाउन सहयोग पुग्ने बताए । पुस्तकमा बालबालिका सम्बन्धी विभिन्न ४३ वटा सूचकांकलाई समावेश गरेर पुस्तक प्रकाशन गरिएको सम्पादक भावना श्रेष्ठले बताइन् ।
वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य राममाया मानन्धर, वडा सचिव लोकदर्शन रेग्मी, वडा नम्बर ९ बाल क्लबका सचिव सुशन श्रेष्ठले बालबालिकाको बारेमा बोलेका थिए ।







पाल्पाली सहकारीको सेयर पुँजी पौने २ करोड ६१ लाख
सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया