४१ युनिट रगत संकलन
समाधान संवाददाता
पोखरा
पोखरामा रगतको अभाव देखिएपछि युथ भोलेन्टियर फर चेञ्जको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सोमबार सम्पन्न भयो । कार्यक्रममा ४१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सन्तोष पोख्रेलले बताए ।
पोखरा महानगरपालिका वडा नं. ८ को वडा कार्यालयको प्रांगणमा सम्पन्न कार्यक्रमा बोल्दै राष्ट्रिय युवा परिषदका सदस्य दिलीप न्यौपानेले युवाहरु सकारात्मक चेतनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले रगतको संकट व्यवस्थापनका लागि रक्तदानका थप कार्यक्रम आवश्यक रहेको बताए ।
कार्यक्रममा न्यौपानेले प्रथम रक्तदाता नविन लामिछानेलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम सुरु गरे । कार्यक्रम संस्थाका अध्यक्ष सुवास मल्लको अध्यक्षता तथा सदस्यहरु अञ्जली लम्साल र विजय पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया