एनएमबि लघुवित्तको साधारण सभा, सञ्चालकमा २ निर्वाचित
समाधान संवाददाता
पोखरा
एनएमबी लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सोमबार पोखरामा भएको भएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सञ्जीव सुब्बाद्वारा प्रस्तुत आव २०७५÷०७६ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले बताए ।
सभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०७६ असार मसान्तको वासलात, आव २०७५÷०७६ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीउपर छलफल गरी पारित गरेको भएको छ ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको ०.६३२ प्रतिशतका दरले हुन आउने २५ लाख ५७ हनार ९ सय ९३ रुपैयाँ लाभांश वापत (बोनस सेयरको कर प्रयोजनका लागि मात्र) वितरण गर्ने प्रस्ताव समेत पारित गरिएको बताइएको छ ।
साधारण सभाबाट सर्वसाधारण समूह तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक जीतेन्द्र बाहेती र सविता सापकोटा निर्वाचित भएका छन् । सञ्चालक समितिका अध्यक्ष सञ्जीव सुब्बाले संस्थामा प्रविधिको उच्चतम प्रगोग गर्दै आउँदा दिनमा थप कार्यगत चुस्तता ल्याउने र ग्राहक सदस्यहरुको कारोवार थप सुरक्षित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
तपाईको प्रतिक्रिया