पूर्वसभामुख रानाभाटलाई मातृशोक
![](https://www.samadhannews.com/wp-content/uploads/2020/07/Khim-maya-edit.jpg)
पोखरा
पूर्व सभामूख एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटलाई मातृशोक परेको छ ।
रानाभाटकी आमा खिमकुमारी रानाभाटको मंगलबार बिहान सय वर्षकाे उमेरमा पोखरा २६ आफ्नै निवासमा निधन भएको हो । रानाभाटका पिता नारायणदत्त प्रजातन्त्र सेनानी हुन् ।
खिमकुमारी लामो समयदेखि बिरामी भएकै कारण पूर्व सभामुख रानाभाट घरमै आमाको सुसारमा खटिएका थिए । खिमकुमारीको जन्म विसं १९७७ असोज महिना विजयादशमीका दिन भएको हो ।
पञ्चायतको विरोधमा नारायणदत्त उत्रेपछि तत्कालीन सरकारले उनको परिवारको सर्वस्वहरण गरेको थियो । रानाभाट परिवारले त्यतिबेलै कठोर यातनासमेत खप्नु परेको थियो ।
खिमकुमारीका तारानाथ, खिलेन्द्र, देवेन्द्र र सुरेन्द्र गरी ४ छोरा र खिमादेवी र शोभाकुमारी गरी २ छोरी छन् ।
खिमकुमारीको आजै दिउँसो २ बजेपछि निवासबाट शवयात्रासहित रामघाटमा अन्तेष्टि गरिने भएको छ ।
तपाईको प्रतिक्रिया