झुण्डिएका युवाको मृत्युपछि कोरोना संक्रमित भएको रिपोर्ट

समाधान संवाददाता २०७७ असार २३ गते १३:४३

समाधान संवाददाता

Advertisement

आत्महत्याको प्रयास गरेर गम्भीर अवस्थामा पुगेका गोरखाका एक युवकको उपचार अघि कोरोना भाइरस संक्रमण परिक्षण गर्न संकलित स्वाबको नतिजा उनको मृत्यु भएपछि पोजिटिभ आएको छ ।

राजधानीको पाटन अस्पतालमा उपचारका उपचारार्थ गोरखाबाट लगिएका ती युवकको घाँटीमा पासो लगाएका कारण अवस्था गम्भीर थियो । त्यो अवस्थाबाट सामान्य रुपमा र्फकन नपाउदै मृत्यु भएका ती युवकको मृत्युपछि कोरोना भाइरस संक्रमण पनि भएको पुष्टी भएको हो ।

Advertisement

गोखराको भीमसेनथापा गाउँपालिका(२ तान्द्राङका २६ वर्षीय युवकलाई झुन्डिएको अवस्थामा परिवारले फेला पारेका थिए। लगत्तै परिवारले डोरी काटेर उनलाई गोरखाकै एक निजी अस्पताल पुर्‍याएका थिए।

अस्पतालले अवस्था गम्भीर रहेको भन्दै काठमाण्डौंको पाटन अस्पताल ‘रिफर’ गरेको थियो। अस्पतालमा उपचार गर्दा गर्दै उनको सोमबार मृत्यु भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया