ट्र्याक्टर दुर्घटनामा नेकपा कास्कीका नेताको निधन

समाधान संवाददाता २०७७ असार २३ गते १४:२२

समाधान संवाददाता

Advertisement


ट्र्याक्टर दुर्घटनामा परी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटी सदस्य रामचन्द्र अधिकारीले मंगलबार ज्यान गुमाएका छन् ।

४५ वर्षीय अधिकारीको आज बिहान सबा ८ बजे माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाहाचोकको बाटुलेथरमा ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Advertisement


कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालका अनुसार अधिकारी खेत जोतेर फर्किंदै गर्दा ट्र्याक्टर सडकबाट ५ मिटर तल खसेको थियो । उनी ग१च २२८३ नम्बरको ट्र्याक्टरबाट खेत जोती आफैंले चलाएर फर्किंदै गर्दा उक्त दुर्घटना भएको हो ।


अधिकारीको निधनप्रति नेकपा कास्कीका सचिव बखानसिंह गुरुङले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई समवेदना भनेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया