थप २०४ जनामा कोरोना, संक्रमित १६ हजार नाघे
समाधान संवाददाता
२०७७ असार २३ गते १६:३६
समाधान संवाददाता
नेपालमा आज थप २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आज थपिएका २ सय ४ सहित नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ८८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसहित डिस्चार्ज हुनेको संख्या ७ हजार ४९९ पुगेको छ।
कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। गण्डकी प्रदेशमा भने ११ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये २ सय ९७ जना निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमितमध्ये ४ जनाको मृत्यु भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया