शैलेश थापा नेपाल प्रहरीकाे नयाँ महानिरीक्षक
समाधान संवाददाता
२०७७ असार २३ गते १८:५१
समाधान संवाददाता
सरकारले अतिरिक्त महानिरीक्षक एआइजी शैलेश थापालाई नेपाल प्रहरीको महानिरीक्षक आइजिपीमा बढुवा गरेको छ।
मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गर्दै नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो। उनले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन्। २०७९ वैशाख १८ सम्म उनी नेपाल प्रहरीको आइजिपी रहनेछन्।
थापा नेपाल प्रहरीको २८ औँ आइजिपी हुनेछन्। थापा २०५८ मा डीएसपी, २०६७ मा एसपी, २०७४ मा एसएसपी र २०७५ सालमा डीआईजीमा बढुवा भएका थिए। सबैमा ब्याचीमध्ये थापा पहिलो नम्बरमा थिए।
सरकारले लगातार तेस्रोपटक वरियतामा शीर्षस्थानमा रहेकालाई संगठनको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो।
सम्बन्धित
तपाईको प्रतिक्रिया