छोराजस्तै ज्वाइँ

समाधान संवाददाता २०७७ असार २३ गते २०:१५

अनुप पौडेल, पोखरा

Advertisement

सरकारले लकडाउन घोषणा गरेपछि मुस्ताङ प्रवेशमा निकै कडाइ गरियो । स्थानीयले कसैलाई पनि जिल्ला छिर्न दिँदैनथे । स्थानीयको सक्रियता देख्दा जो कोहीलाई लाग्थ्यो – मुस्ताङमा कोरोना भित्रिँदैन । तर स्थानीय र प्रशासनले गरेको कडाइ फेल खायो ।

८३ वर्षे वृद्धको शरीरमा प्रवेश गरेर कोरोना भाइरस मुस्ताङ छि¥यो । काठमाडौंको बौद्धस्थित तिब्बती शरणार्थी शिविरबाट ३१ जेठमा फर्किएका घरपझोङ गाउँपालिका–१, छैरोस्थित शिविरका वृद्धमा कोरोना पोजेटिभ देखियो ।

Advertisement

मुस्ताङ प्रवेश गर्ने घाँसा सिमानामा आरडिटी रियाक्टिभ देखिएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखियो । ६ असारमा पिसिआर पोजेटिभ आएका उनी गत १६ गते शिविर फर्किसकेका छन् ।

८३ वर्षे वृद्धकी श्रीमतीले पनि राम्रोसँग आँखा देख्दिनन् । वृद्धमा कोरोना पोजेटिभ देखिएपछि उनको हेरचाहका लागि अस्पतालमा को बस्ने भन्ने अन्योल भयो ।

Advertisement

ज्वाइँ छेवाङ राप्टेन हेरचाहका लागि ससुरासँगै बस्ने निधो गरे । ज्वाइँ भएर पनि छोरा जसरी नै जिम्मेवारी निभाए । आफूलाई नि सर्ने डर मनमा लिएर उनी अस्पतालमा ससुरा बुवासँगै बसे । ‘आमालाई हेर्ने कि २ छोरीलाई हेर्ने भन्ने भयो । म नगए बिजोग हुन्छ भनेर जेसुकै होस् भनेर गएँ,’ कोरोनामुक्त भएका वृद्धका ज्वाइँ राप्टेनले भने ।

३२ जेठमा आरडिटी रियाक्टिभ देखिए पनि उनलाई अस्पतालको आइसोलनमा राखिएन । १ रात स्थानीयले सामूहिक रुपमा चलाइरहेको होटलमा राखेर राति १२ बजे छेवाङ शिविर फर्किए ।

भोलिपल्ट बिहानै ससुरा बसेको ठाउँमा पुगे । जिल्ला अस्पतालको आइसोलेसनमा लैजान एम्बुलेन्स आयो । स्वास्थ्यकर्मीले वृद्धसँगै १ जना आफन्त जानुपर्ने बताए । ‘१ जना अस्पतालमा बुवासँगै बस्नुपर्छ भन्नुभयो । हाफ पाइन्ट लगाएर ब्रेकफास्ट नगरी बिहानै गएको थिएँ । त्यहीँबाट अस्पताल जानपर्ने भयो,’ छेवाङले सुनाए ।

जाडो छल्न काठमाडौं गएका वृद्ध र उनकी श्रीमती कोठाबाट बाहिर निस्किँदैनथे । चर्पी जाँदासमेत बुढाबुढी दुवैलाई सहारा चाहिन्छ । कोरोनामुक्त भएर घर फर्किसके तर पोजेटिभ कसरी आयो भन्ने यकीन छैन ।

‘कहाँबाट स¥यो अचम्म लाग्यो । उता पनि कोठाबाट बाहिर निस्किनु हुन्थेन । आउने बेलामा चेक गर्दा सबै ठिकै थियो,’ वृद्धकी छोरी डोल्मा छिरिङले भनिन्, ‘बीचमा चिया र चाउमिन खानुभएको हो । त्यहीँबाट स¥यो भन्ने लाग्छ ।’ बुवाले उच्च रक्तचापको नियमित औषधी सेवन गर्दै आएको र दुवै आँखा कमजोर रहेको डोल्माले सुनाइन् ।

अस्पताल पु¥याएपछि ससुरालाई डो¥याएर चर्पी लैजानुपथ्र्यो । २÷३ दिनसम्म छेवाङले लगे । पछि मेसो पाएपछि वृद्ध आफै चर्पी जान थाले । वनको बाघले नखाए पनि छेवाङलाई मनको बाघले खाइरह्यो । ‘डाक्टरसाप त डराउनु हुने रहिछ म किन नडराउनु, डराए पनि बसिरहेँ,’ उनले सुनाए ।

छेवाङका श्रीमान/श्रीमती दुवै बा–आमाको स्याहार गरेर छैरोस्थित शरणार्थी क्याम्पमा बसिरहेका छन् । छेवाङका १८ र ७ वर्षका दुवै छोरी पनि हजुर बुवाआमासँगै बस्छन् ।

छैरोमा २ सय २० जना तिब्बती शरणार्थीको बसोबास छ । वृद्धमा कोरोना नेगेटिभ आएपछि अहिले शरणार्थीमा कुनै त्रास नरहेको शिविरका संयोजक नोर्बु लामाले बताए । उनले भने, ‘अहिले डर त्रास केही छैन । सबै रिपोर्ट क्लियर भयो । उहाँ झन् पहिलेको भन्दा फूर्तिलो भएर बोल्ने गर्नुभाछ । खुसी लाग्यो ।’

संक्रमितको उपचार गर्न जिल्ला अस्पतालमा ४ बेडको आइसोलेसन बनाइएको छ। अरु बिरामी उपचारलाई आउँदा समस्या नहुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शिव भण्डारीले जानकारी दिए । उनले भने, ‘कोही पनि मान्छे बिरामीको सम्पर्कमा जान नमिल्ने खालको आइसोलेसन छ। त्यसैले अरु बिरामीलाई उपचार गर्न समस्या पर्दैन ।’

तपाईको प्रतिक्रिया