पोखरामा १० सहित कास्कीमा १३ संक्रमित थपिए
समाधान संवाददाता
२०७७ असार २४ गते १४:५४
समाधान संवाददाता
पोखरा महानगर पालिकामा १० सहित कास्की जिल्लामा बुधबार मात्र थप १३ जनाका कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद बिन्दुका अनुसार पाृेखराका १० जना संक्रमित मध्ये सबै पुरुष हुन भने अन्य ३ जना मादी गाउ पालिकाका हुनु । मादी गाउ पालिकाका तीन मध्ये २ पुरुष र १ महिला छन् ।
कास्कीमा संक्रमण भएको पुष्टी भएका सबै युवा अवस्था कै छन् । यी सबैलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको जानकारी पनि डा. विनोद विन्दुले दिएका छन् ।
यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११ सय २९ पुगेको छ । यी मध्ये ३५३ जना संचो भएका छन् ।
अपडेट – पोखरामा आज थपिएका संक्रमित कुन–कुन वडाका ?
सम्बन्धित
तपाईको प्रतिक्रिया