पोखरामा आज थपिएका संक्रमित ७ वडाका बासिन्दा

समाधान संवाददाता २०७७ असार २४ गते १५:५२
x]lnsK6/af6 z'qmaf/ b]lvPsf] kf]v/f ;x/sf] b[Zo . tl:a/ M k|bLk/fh jGt, /f;;

समाधान संवाददाता

Advertisement

कोरोना पोजेटिभ देखिएका पोखराका १० जना विदेशबाट आएको खुलेको छ । पोखरा महानगरको स्वास्थ्य महाशाखाका अनुसार पोखराका ७ वडाका ९ जनामा पोजेटिभ देखिएको हो । स्वास्थ्य निर्देशनालयले पाेखराका १० जना सङ्तक्रमित भएकाे जनाएकाे थियाे ।

एक संक्रमित भने अन्नपूर्ण गाउँपालिकाका हुन् । संक्रमण पुष्टि हुनेमा वडा नम्बर २९ का ३ जना छन् । अरु संक्रमित वडा नम्बर १५, २५, २८, २९, ३० र ३२ का हुन् ।

Advertisement

संक्रमितमध्ये साउदीबाट ४, कुवेत र भारतबाट २/२ र युएईबाट १ जना आएका हुन् । सबै संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।

बुधबार दिउँसो पोखराबाहेक कास्कीको मादी गाउँपालिकाका ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११ सय २९ पुगेको छ । संक्रमितमध्ये ३ सय ५३ जना निको भएका छन् ।

Advertisement

पोखरामा १० सहित कास्कीमा १३ संक्रमित थपिए

तपाईको प्रतिक्रिया