देशभर थपिए २५५ संक्रमित, संक्रमितको संख्या १६ हजारमाथि

समाधान संवाददाता २०७७ असार २४ गते १६:३७

समाधान संवाददाता, पोखरा

Advertisement

पछिल्लो २४ घन्टामा देशभर २ सय ५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ६ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा २ सय ५५ जनामा पुष्टि भएको हो।

Advertisement

योसँगै देशभरमा संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेकाे संख्या ३५ पुगेकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया