बालुवाटारमा ओली र प्रचण्डबीच वार्ता सुरु
समाधान संवाददाता
२०७७ असार २४ गते १७:२४
समाधान संवाददाता
चरम आन्तरिक विवादमा फसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद समाधानका लागि पार्टीका दुुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच हरेक दिन जासो वार्ता र छलफल जारी रहेको छ ।
आज पनि प्रधानमन्त्री समेत रहेका ओलीको सरकारी निबास बालुवाटारमा वार्ता सुरु भएको छ । प्रधानमन्त्रीसँग छलफल गर्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका हुन् ।
स्थायी कमिटीमा झण्डै दुई तिहाई नेताहरुले ओलीको दुवै पदबाट राजीनामा मागेपछि सुरु भएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन । विवाद समाधान नभएकाले स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि सारिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया