बाह्रबिसेमा ठूलो पहिरो, २ को मृत्यु २० वेपत्ता
समाधान संवाददाता
२०७७ असार २५ गते ९:२०

रासस, चाैतारा
अविरल वर्षासँगै आएको पहिरोबाट बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने २० बेपत्ता भएका छन्।
स्थानीयवासीले जम्बु निवासी २० वर्षका निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव स्थानीय बासिन्दाले भेटेका छन्। अरुको सुरक्षाकर्मी र स्थानीय बासिन्दाले खोजीकार्य गरिरहेका छन् ।
बाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले स्थानीय खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुलसँगै अरनिको राजमार्गको ४० मिटर जत्ति सडक बगाएको जानकारी सेतोपाटीलाई दिएका छन्।
उनले घटनामा घाइते भएकाको उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर आउँदै गरेको बताए।
मेयर शेर्पाले बाढीले जम्बु बजार बगाएको र जुरेमा समेत पहिरो गएको जानकारी दिएका छन्।
नाेट–फाइल तस्विर ।
सम्बन्धित









‘पहाड भो मलाई’ गीत सार्वजनिक
खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया